फाइनल खेलमा कटहरिया पराजित, गरुडा विजयी

रबिन्द्र प्रजापति, कटहरिया माघ १९ गते । रौतहटको दुर्गा भगवती गाउँपालिकाद्धारा जारी अध्यक्ष कप जिल्ला स्तरिय नक आउट टि २० क्रिकेट टुर्णामेन्ट अन्तर्गत विहीबार सम्पन्न भएको फाइनल खेलमा गरुडा नगरपालिका विजयी भएको छ ।
कटहरिया नगरपालिकालाई पराजित गदै गरुडा टीमले ४ विकेटले विजय भएको छ ।
दुर्गा भगवती गापाको सरस्वती मावि पिपरा भलोहियामा जारी रहेको जिल्ला स्तरिय अध्यक्ष कप अन्तर्गत विहीबारको खेल फाइनलमा गरुडा नगरपालिकाले टस जिते र ब्याटिंग गरेर निर्धारित २० ओभरमा ६ विकेटको छतिमा १५९ रन बनाई कटहरियालाई १६० रनको लक्ष्य दिएको थियो ।
ब्याटिंग गर्नका लागी उत्रिएका कटहरिया नगरपालिकाको खेलाडीहरुले १४ ओभरमा अल आउट भई ९५ रन बनाएका थिए ।
गत ८ गते राजदेवी र गत १५ गते वृदावन नगरपालिकालाई पराजित गर्दै कटहरिया ३ विकेट र १७ गते मंगलबार माधवनराणलाई ५ विकेटले पराजित गरि विजयी भएर आज फाईनल खेलेलेका थिए ।
सो खेलका विजेता र उप विजेताहरुलाई रौतहट क्षेत्र नम्बर ४( क ) का मधेश प्रदेश सदस्य युवराज भट्टाराई समिरले प्रमुख अतिथिको आसनबाट पुरस्कार स्वरुप गरुडाका टोलीलाई २५ हजार र कटहरियाका टोलीलाई १५ हजार, सहित प्रमाण पत्र र मेडल समेत हस्तान्तरण गर्नु भयो । सो अवसरमा पुर्वमन्त्री सत्यनारायण भगत , नेपाल पत्रकार माहासंग रौतहटका अध्यक्ष प्रेमचन्द्र झा, ईलाका प्रहरी कार्यालय गांगा पिपरका सुरक्षकार्मी, लगाएत गाउपालिका अध्यक्ष शम्भु सिह सहितका जनप्रतिनिधि को सहभागीता रहेको थियो ।

16 Push 077 final